
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पत्र पठाएको छ।
आयोगले लेखकलाई ७ दिनभित्रमा उपस्थित हुन पत्र पठाएको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने विषयमा भने निर्णय हुन बाँकी रहेको बताए। भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। तर त्यसदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि साँझ उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
यसअघि जाँच बुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका सीडीओ लगायतसँग बयान लिएको थियो।
लेखकपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ। ओलीले भने आयोगमा बयान दिन नआउँने जिकिर गर्दै आएका छन् ।

















