Skip

Hamro Sanchar

समाजसेवी शोभित उप्रेतीद्वारा नेपाल राष्ट्रिय माविका ५ विद्यार्थीको अभिभावकत्व ग्रहण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १६ गते


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सह–कोषाध्यक्ष तथा वरिष्ठ समाजसेवी शोभित उप्रेतीले कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीस्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयका पाँच जना गरिब, विपन्न तथा दलित/पिछडिएका विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेका छन्।

उनले अभिभावकत्वमा आएका विद्यार्थीहरूको उच्च शिक्षासम्म आवश्यक पर्ने सबै शैक्षिक खर्च वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आर्थिक अभावका कारण अध्ययन अवरुद्ध हुन नदिन यस प्रकारको सहयोग निरन्तर गर्दै आएको समाजसेवी उप्रेतीले बताए।

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उप्रेतीले शिक्षण विधि समयअनुसार परिमार्जित हुनुपर्नेमा जोड दिए। “आजको युगमा शिक्षकले केवल परम्परागत शैलीमा पढाएर मात्र पुग्दैन, उनीहरू प्रविधिसँग जोडिनु अत्यावश्यक छ,” उनले भने।
उप्रेतिका अनुसार गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री वातावरण र प्रतिभा विकासमा विद्यालय, शिक्षक र समाज एकसाथ लाग्नुपर्ने आवश्यकता अहिले झन् बढेको छ।

विद्यालय प्रशासनले उप्रेतीको योगदानप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले सामाजिक उत्थानमा महत्वपूर्ण प्रभाव पर्ने जनाएको छ।


प्रतिकृया दिनुहोस्