Skip

Hamro Sanchar

इमरानको पार्टीले विरोध प्रदर्शन गर्न खोजेपछि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १६ गते


काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)ले विरोध प्रदर्शन गर्नुअघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु गरिएको छ।

दुवै सहरका प्रशासनले धारा १४४ ले कुनै पनि प्रकारको विरोध वा भेलालाई निषेध गरेको बताएका छन्।

बीबीसी उर्दुका अनुसार, पीटीआईका सबै सांसदहरूले आज मंगलबार इस्लामाबाद उच्च अदालत र अदियाला जेलबाहिर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबारै आजका लागि विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए। त्यस क्रममा उनले विरोध प्रदर्शनमा विधानसभा सदस्यहरूले मात्र भाग लिने र कुनै कार्यकर्ता संलग्न नहुने बताएका थिए।

सोहेल अफ्रिदीका अनुसार, इस्लामाबाद उच्च अदालतबाहिर विरोध प्रदर्शनको उद्देश्य इमरान खान र उनकी श्रीमती बुसरा बिबीविरुद्ध दायर गरिएका मुद्दाको द्रुत सुनुवाइका लागि दबाब दिनु हो।

पूर्वप्रधानमन्त्री इमरान खान दुई वर्षभन्दा बढी समयदेखि रावलपिन्डीको अदियाला जेलमा छन्।

उनलाई अदालतले १९ करोड पाउन्ड ९झन्डै २ हजार करोड रुपैयाँ० को भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ।


प्रतिकृया दिनुहोस्