
काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचन बिथोल्ने काम गर्न नहुने बताएका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भुसालले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सिर्जना गर्न नहुने बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न भुसालले आग्रह गरे । ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै उनले निर्वाचन बिथोल्ने काम गर्न नहुने बताए । कांग्रेसलाई पनि चुनावको बारेमा दुविधा नपाल्न उनको आग्रह छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको पनि भुसालको भनाइ छ ।
यस्तो छ भुसालको भनाइ :
चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोस् । यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईंले पनि चुनाव बिथोल्नेतर्फ नलाग्नुस् । कांग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दै छ, त्यसलाई विश्वास गर्न मानिसहरूले छोडिसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला ।


















