Skip

Hamro Sanchar

संसद् विघटनविरुद्धका रिट दर्ता, कात्तिक १२ गतेलाई पेसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २९ गते


काठमाडौं । संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।

रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए ।

ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता जारी रहेको जानकारी दिए ।

अधिवक्ता डा। प्रेमराज सिलवाल, अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिट दर्ता भइसकेमा छन् ।

उनीहरूको रिटलाई सर्वोच्चले कात्तिक १२ गतेको पेसी दिएको छ ।


प्रतिकृया दिनुहोस्