Skip

Hamro Sanchar

प्रतिनिधिसभा विघटनविरद्ध सर्वोच्चमा रिट दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटहरू दर्ताका लागि पेश हुनेक्रम चलेको छ । अदालतमा रिट दर्ता खुलेसँगै विभिन्न व्यक्तिहरू रिट लिएर गएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताएका छन् ।

प्रतिनिधिसभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरेको एकजना निवेदक युवराज पौडेलले बताए ।

सर्वोच्चमा आएका सबै रिट सार्वजनिक सरोकारका विषयमा आधारित छन् । दलगत रूपमा कुनै पनि रिट सर्वोच्चमा नपुगेको स्रोतले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्