Skip

Hamro Sanchar

बालेन र सुधनलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियू प्रहरी परिसरमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २१ गते


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलका महासचिव दीपक धामीले जानकारी दिए ।

‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेका हौं,’ उनले भने ।

जाहेरी लिएर पुगेका मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।


प्रतिकृया दिनुहोस्