Skip

Hamro Sanchar

शंकर पोखरेल भन्छन् : आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ११ गते


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहने बताएका छन् । महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले तत्कालीन राजा ज्ञानेन्द्र शाहले असोज १८ र माघ १९ मा चालेको राजनीतिक कदमपछिको नेतृत्वको स्मरण गर्दै भनेका छन्– ‘ कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेन्डामा निर्भर रहन्छ। विगतमा असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो। किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेन्डामा विभाजित र अन्योलग्रस्त थिए। तर माघ १९ पछि उनीहरूले आफ्ना एजेन्डा स्पष्ट पार्दै एकताबद्ध भए। ’


प्रतिकृया दिनुहोस्