Skip

Hamro Sanchar

धनगढीमा बेपत्ता बालिका निर्वस्त्र अवस्थामा मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ११ गते


धनगढी । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् ।

बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए ।

निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।


प्रतिकृया दिनुहोस्