Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बग्राम एयर बेस फिर्ता नगरे अफगानिस्तानले गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ५ गते


Advertisement

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयर बेस फिर्ता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता अमेरिकालाई फिर्ता गरेन भने धेरै नराम्रो हुनेछ।’

ट्रम्पले यसअघि नै बग्राम एयर बेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्।

हालै बेलायत भ्रमणका क्रममा ट्रम्पले आफ्नो सरकारले अफगानिस्तानमा बग्राम एयर बेस पुनः प्राप्त गर्न खोजिरहेको बताएका थिए।

उनको भनाइमा प्रतिक्रिया दिँदै तालिबानले भन्यो, ‘इतिहासले देखाएको छ( हाम्रो भूमिमा विदेशी सेनालाई कहिल्यै स्वीकार गरिएको छैन।’


प्रतिकृया दिनुहोस्