Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की ट्रमामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २८ गते


Advertisement

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर र सिभिल  अस्पताल पुगेकि छन्।

भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही घाइतेको ट्रमा सेन्टरमा, कसैको सिभिल अस्पताल र कोहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार राति प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी थिइन्।

जेन- जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने ४ सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जेन–जी युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको हो।

जेन–जी युवाहरूको भदौ २३ को आन्दोलनमा राज्यबाट भएको बल प्रयोगमा युवाहरूको ज्यान गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्