Skip

Hamro Sanchar

सागर ढकाल आक्रोशित : राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउनुपर्ने भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २७ गते


 

काठमाडौं । रामचन्द्र पौडेलले जेनजी आन्दोलनका माग नसुनेको भन्दै सागर ढकालले अब उनलाई ‘टेर्ने बनाउनुपर्ने’ बताएका छन्।

ढकाल गत आम निर्वाचनमा डडेल्धुरामा कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका युवा हुन्। अहिले उनी जेनजी आन्दोलनका समर्थकका रूपमा देखापरेका छन्।

उनले राष्ट्रपति पौडेलले दलीय पक्षधरतामा काम गरेको पनि आरोप लगाउँदै दबाब दिनुपर्ने भएको पनि बताएका छन्।

‘नेपाली कांग्रेसको राष्ट्रपतिद्वारा अल्झाउने प्रयास भइराखेको छ। उहाँले जेनजी पुस्तालाई कमजोर बनाउन समय लम्ब्याउने काम मात्र गर्नुभएको छ। हाम्रो साथीहरूलाई छुट्टाछुट्टै राखिएको छ,’ उनले सामाजिक ञ्जालमा लेखेका छन्, ‘जेनजीको‌ पहिलो माग लुकेर होइन, राष्ट्रपतिले लाइभ बसेर पूरा गर्नुपर्छ। संसद विघटनपछि अन्तरिम नागरिक सरकार। अरू माग यसपछि।नेपालको सुरक्षा निकाय अझै कति जनाको‌‌ लास चाहिएको छरु हिसाब गर्दै गर्नू, हामी तयार छौँ।


प्रतिकृया दिनुहोस्