
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक डाकेको छ।
सत्तारुढ दल नेकपा एमाले-नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको पदीय आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक बोलाएको हो।
बैठक अपराह्न ३ बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जानकारी दिए।
उता (कांग्रेस-एमाले)हस्ताक्षर संकलन हुँदैछ। यता किन केका लागि हस्ताक्षर संकलन हुन लागेको भनेर छलफल गर्न प्रमुख प्रतिपक्षी दल माओवादीको अग्रसरतामा बैठक बोलाइएको हो, उनले भने।
कांग्रेस(एमालेसहितको सत्तापक्षको बैठक भने अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।














