
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाडामा बिहान ११ः३० बजे बस्ने सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता, स्थगित भएको जागरण अभियान सञ्चालन, संसदमा विचाराधीन विधेयक अगाडि बढाउन भइरहेको ढिलाइ लगायत विषयमा छलफल हुनेछ ।
माओवादीको पछिल्लो स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि छलफल भइरहेको बताएको थियो । पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्न गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय भएको थियो ।














