
धनगढी । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए ।
उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक-फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्
डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् ।
खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी हुन् ।
उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् ।














