Skip

Hamro Sanchar

सुडानमा विस्थापित शिविरमा आक्रमण, ४० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २८ गते


काठमाडौं । सुडानको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसए)ले उत्तर डार्फुर प्रान्तको राजधानी एल–फासेरबाहिर रहेको भोकमरीग्रस्त विस्थापित शिविरमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ ।

अबु शौक विस्थापित शिविरमा कार्यरत इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले सुडानी सेनासँग युद्धरत आरएसएफले शिविरका केही भागमा आक्रमण गरेको जनाएको छ । सुडानभर सहायता प्रदान गर्ने यस समूहले आक्रमणमा कम्तीमा १९ जना घाइते भएको पनि जनाएको छ ।

एल–फासेरबाहिरको अबु शौक विस्थापित शिविरमा करिब चार लाख ५० हजार विस्थापित बस्ने गरेको बताइएको छ । आरएसएफको बारम्बारको आक्रमणका बाबजुद एल–फासेरमा सुडानी सेनाको नियन्त्रण छ ।

सुडानमा सन् २०२३ को अप्रिलमा राजधानी खार्तुममा गृहयुद्ध सुरु भएको थियो । आरएसएफ र सेनाबीचको तनावपछि देशभर फैलिएको छ ।

यस युद्धमा ४० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । एक करोड २० लाख विस्थापित भएका र धेरैलाई भोकमरीको संघारमा पुर्‍याएको बताइएको छ ।

मानवीय सहायता संस्थाहरूका अनुसार, अबु शौक शिविर गम्भीर भोकमरीको अवस्था भएका सुडानका दुई शिविरमध्ये एक शिविर हो ।

सुडानी सेनाले सोमबार बिहान ६ बजे सुरु भएको र दिउँसोसम्म चलेको एल–फासेरमा आरएसएफसँगको भिडन्तमा आफूले अर्धसैनिक समूहलाई पराजित गरेको सामाजिक सञ्जालमार्फत दाबी गरेको छ । यद्यपि थप विवरण दिएको छैन ।

डार्फुरका गभर्नर मिनी आर्को मिनावीले फेसबुकमा सोमबारको लडाइँप्रति लक्षित गर्दै एल–फासेरले आफ्नो भूमिप्रति विश्वासघात गर्नेहरूमाथि विजय प्राप्त गरेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्