Skip

Hamro Sanchar

देउवाकाे आग्रह : सबै कामको दोष नेताकै टाउकोमा थुपार्ने काम नगरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १३ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको स्मरण गरे ।

‘केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि,’ उनले भने, ‘सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुपर्‍यो नि । आफू केही नगर्ने अनि हामीलाई दोष दिने रु काम गर्नुपर्‍यो, मेहनत गर्नुपर्‍यो । बिना मिहेनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’

उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए । व्यापारी, उद्योगीहरू मिहेनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे ।

‘नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ । व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो,’ उनले भने, ‘यति गाली पाउनुभयो उहाँहरूले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो । हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन । इ


प्रतिकृया दिनुहोस्