Skip

Hamro Sanchar

कैलालीमा दुई मन्त्री चढेको गाडी एक आपसमा ठोक्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १३ गते


काठमाडौं । कैलालीमा दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी आज दिउँसो ठोक्किएका हुन् ।

चिसापानीमा आयोजित कार्यक्रममा जाने क्रममा मन्त्री सवार दुई गाडी ठोक्किएका कैलाली प्रहरीका डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

कार्की से१झ ३३० नम्बरको गाडीमा सवार थिए । पाल बा२झ १४१९ नम्बरको गाडीमा थिए । दुवै गाडी एउटै दिशाबाट गइरहेका थिए । कार्की सवार स्कोर्पियोले पालको बा२झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट दुवै गाडीमा क्षति पुगेको छ । दुई मन्त्री सकुशल छन् । कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्