Skip

Hamro Sanchar

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, प्रहरीले खोजी गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


सिन्धुली । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन्।

गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कबिहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

अहिले बेपत्ता भएका परिवारको घरमा प्रहरी पुगिसकेको छ। ‘परिवारका कसैको पनि मोबाइल सम्पर्कमा छैन। प्राविधिक रुपमा पनि लोकेसन हेर्ने काम भइरहेको छ। अरु हिसाबले पनि अनुसन्धान गरिरहेका छौँ। घरमा वस्तुभाउ सबै छन्। तर मान्छे छैनन्। गाउँलेहरूले बिहीबारपछि नदेखेको बताएका छन्’, एसपी सुवेदीले भने।

हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए।

यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। तर कहाँ गए भन्ने पत्ता लाग्न बाँकी रहेको एसपी सुवेदीले बताए ।


प्रतिकृया दिनुहोस्