Skip

Hamro Sanchar

सुन्दरीजलको बाढीमा फसेका ४ जना भारतीय र १ नेपाली सहित ५ जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले आज बिहान उद्धार गरेको छ।

बिहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए।

नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरू नदीको बीचमै फसेका थिए। चारैतिरबाट बाढीले घेरेपछि उनीहरुले ठूलो ढुंगामा चढेर ज्यान जोगाएका थिए।

तिर्थालु नदीमा फसेको जानकारीपछि श्री चन्दननाथ गणबाट खटिएका सेनाका उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेका हुन् ।


प्रतिकृया दिनुहोस्