
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका उनले पछिल्लो केन्द्रीय कमिटीको निर्णयको स्प्रीट कार्यान्वयन गर्न भन्दै चार बुँदे सर्त अधि सार्दै अघि सार्दै यस्तो बताएका हुन्।
पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउनुपर्ने, शहिदको सपना पुरा गर्न लोभ लालच त्याग्नुपर्ने, चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्नुपर्नेलगायत नेता किरातीले जोड दिएका छन् ।















