
काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । आज बिहान तिमल्सिना सवार स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ बिस किलो भन्ने ठाउँमा अर्को स्कुटरले ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तिमल्सिना सवार स्कुटर चालक उनका छोरा किशोर तिमल्सिना थिए । छोरा किशोर सामान्य घाइते भएको जिल्ला प्रहरी कायालय काभ्रेले जनाएको छ ।
बिहान नार्केबाट धुलिखेलतर्फ आउँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले तिमल्सिना सवार बा.प्र.०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । मेलुङ गाउँपालिका-३ घर भई हाल रोशी गाउँपालिका -८ बस्ने बा ६२ प ३५७८ नम्बरको स्कुटर चालक निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागि मेथिनकोट अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।














