Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

५० जना यात्रु बोकेको रुसी विमान बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ८ गते


Advertisement

काठमाडौं । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रु विमान हराएको छ ।

रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।

विमानमा पाँच बालबालिका र ६ चालक दलका सदस्यसहित ४३ जना रहेको खुलेको छ । “विमानको खोजीका लागि सबै स्रोत परिचालन गरिएको छ,” क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममा भनेका छन् ।

रोयटर्सका अनुसार, आपत्‌कालीन मन्त्रालयले विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

दोस्रोपटक अवतरण प्रयासको क्रममा विमान हराएको समाचारमा उल्लेख छ । विमानले पहिलोपटक टिन्डा विमानस्थलमा गरेको अवतरण प्रयास असफल भएको थियो।

“अंगारा एयरलाइन्सको एन–२४ ले टिन्डा विमानस्थल नजिकैको तोकिएको चेकपोइन्टमा सम्पर्क गर्न असफल भयो,” स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले भनेको छ।

टिन्डा मस्कोबाट करिब ६ हजार ६०० किलोमिटर पूर्वमा अवस्थित छ । इन्डिपिन्डेन्टबाट


प्रतिकृया दिनुहोस्