Skip

Hamro Sanchar

कागेश्वरी मनोहरामा ‘सुत्र सफ्टवेयर’ प्रयोगसम्बन्धी प्रशिक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ७ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा ‘सुत्र राजश्व मोड्युल र राजश्व तथ्याङ्क प्रविष्टि’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको राजश्व र लेखामा कार्यरत कर्मचारीहरुलाई मानव संशाधनलाई सुत्र राजश्व मोड्युलमा तथ्याङ्क प्रविष्टि गर्ने विषयमा प्रशिक्षण दिइएको हो ।

महालेखा नियन्त्रक कार्यालय, अन्तर सरकारी वित्त समन्वय शाखा अन्तर्गत उप महालेखा नियन्त्रक यज्ञ प्रसाद ढकाललगायतले प्रशिक्षण दिएका थिए ।

सरकारले तीन वटै तहका सरकारको खर्च र आम्दानीको विवरणमा एकरुपता ल्याउने गरी सूत्र प्रणालीको विकास गरेको छ ।यसैअनुरुप नयाँ आर्थिक वर्षबाट कागेश्वरीमा पनि उक्त सफ्टवेयर पूर्ण रुपमा लागू गरिदैछ । प्रयोगका लागि संघीय सरकारले तालिम र अभिमुखीकरण कार्यक्रममा विशेष जोड दिँदै आएको छ ।

सरकारले गत १७ वैशाख २०७६ देखि यो प्रणाली सबै स्थानीय सरकारले अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णय गरेको थियो ।

देश र स्थानीय तहमा आधारभूत बजेटिङ तथा लेखांकन मापदण्डमा आधारित आर्थिक कारोवारको व्यवस्थापन सहज रुपमा गराउने उद्देश्यले विकास गरिएको वेबमा आधारित सफ्टवेयर प्रणाली हो ।

यस प्रणालीबाट लेखाको हिसाब राख्दा सबै तहको आर्थिक संकेतमा एकरुपता आउने विश्वास सरकारको छ । जसले गर्दा तीन वटै तह स्थानीय, प्रदेश र संघको आर्थिक प्रशासन तथा वित्तीय प्रतिवेदनमा एकरुपता कायम हुने, समयमै वित्तीय प्रतिवेदन बनाउन, आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिमा पनि यो प्रणाली उपयोगी हुने महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस्