Skip

Hamro Sanchar

म अघि बढिसके, खुट्टा कमाउदिनँ’,मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः  भण्डारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ६ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् ।

राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् ।

आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने निर्णयको लामो शृङ्खला नै सुनाएकी थिइन् ।


प्रतिकृया दिनुहोस्