Skip

Hamro Sanchar

२ किलो सुनसहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ६ गते


काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्