Skip

Hamro Sanchar

केन्द्रीय कमिटीको बैठकमा ओली : विभाजन गर्न खोज्ने तत्वबाट पार्टीलाई जोगाउनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ५ गते


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भएर मिसन ०८४ मा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा कुनै मतभेद नभएको बताए ।

ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘पार्टी विभाजन गर्ने, तोडफोड गर्ने विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउनको लागि सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

बैठकमा ओलीले नेताहरूलाई आफ्नो कुरा खुलस्त राख्न निर्देशनसमेत दिए ।

पूर्वराष्ट्रपति विद्या भण्डारीबीच खुला छलफल भएको ओलीले बताएको गौतमले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्