Skip

Hamro Sanchar

महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो : ईश्वर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ४ गते


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन्

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको बताए ।

‘जुन अहिलेको ज्वलन्त कुरा बाहिर आएको छ त्यही विषयमा केन्द्रित भएर कुराकानी भएको छ,’ पोखरेलले भने ।

उनलाई सञ्चारकर्मीले पार्टीले सदस्यता त पेन्डिङमा राखिदियो नि ? भनेर प्रश्न गरेका थिए ।

जवाफमा पोखरेलले भने, ‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ ।’

उनले आजको छलफलमा जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल भइरहेको हुनसक्ने बताए । पार्टीमा आृँदा पनि सल्लाह गरेर आउनेगरी छलफल भइरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्