Skip

Hamro Sanchar

संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ : पूर्वराष्ट्रपति भण्डारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ३१ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट पारेकी छन् ।

मंगलबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले २०१७ सालदेखि पटकपटक संसद विघटन भएको भन्दै आफू राष्ट्रपति भएका बेला पनि मन्त्रिपरिषदको सिफारिसमा संविधान बमोजिम भएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले २०१७ साल,२०५१ साल,२०५९ सालमा पनि संसद विघटन भएको भन्दै विघटनका राजनीतिक पाटोका बारेमा आफू छलफल गर्न तयार रहेको बताइन् ।

तर, संविधानले मन्त्रिपरिषदको सिफारिस कार्यन्वयन गर्ने दायित्व राष्ट्रपतिलाई भएको स्मरण गराउँदै उनले सोही बमोजिम आफूले गरेको र कसैको दबाबमा नपरेको प्रष्ट पारिन्।


प्रतिकृया दिनुहोस्