Skip

Hamro Sanchar

विद्यादेवी भण्डारी भन्छिन् : विधान महाधिवेशनमा मेरो उपस्थिति केन्द्रीय कमिटीले तय गर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ३१ गते


काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टीको निर्णय पर्खिरहेको बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भण्डारीले आगामी विधान महाधिवेशनमा आफ्नो उपस्थिति केन्द्रीय कमिटीले तय गर्ने बताइन् ।

विधान महाधिवेशनअघि केन्द्रीय कमिटीले के निर्णय गर्छ, त्यसमा भर पर्छ । मेरो उपस्थिति उहाँहरूले विधान महाधिवेशनमा कसरी गराउनुहुन्छ, उहाँहरूको कुरा हो । यो केन्द्रीय कमिटीले तय गर्छ । मलाई आमन्त्रित सदस्य राख्नुहुन्छ वा मनोनीत गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो, उनले भनिन् ।

अर्को प्रसंगमा भण्डारीले संसद् विघटन तत्कालीन सरकारको निर्णय कार्यान्वयन गरिएको बताइन् ।


प्रतिकृया दिनुहोस्