
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करमा परेको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रचण्डले कांग्रेसले जनमतको सदुपयोग गर्न नसकेको बताए ।
“संसद्को सबैभन्दा ठूलो दल हो, कांग्रेस । एकपछि अर्को स्वेच्छारिताका शृंखलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ”, प्रचण्डले भने, “यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।”
लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने सरकारको कदममा कांग्रेस साक्षी बन्न पुगेको आरोप उनको छ


















