Skip

Hamro Sanchar

प्रधानमन्त्री ओलिलाई लिङ्देनको प्रश्न : सुशासन आयोग कहाँ छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ३० गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरेका छन् ।

‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ?आज जनताले, देशले खोजिरहेको छ,’ सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने ।

८ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । उक्त आयोगले के गरिरहेको छ भनेर राप्रपा अध्यक्ष लिङ्देनले संसद्‍मा प्रश्न गरेका हुन् ।

मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको भन्दै उनले नैतिकता भए त्यस्ता मन्त्रीको राजीनामा आउनुपर्ने वा बर्खास्त गरिनुपर्ने उनले बताए । मन्त्रीका गलत कार्यको विषयमा निरन्तर प्रश्न उठाइरहने उनको चेतावनी छ ।

भिजिट भिसामा जानेसँग अपारदर्शी रूपमा रकम लिने गलत कार्य भएको र जनताले पनि नियालिरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्