Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २० गते


Advertisement

काठमाडौं । युक्रेनसँगको युद्धमा रूसी नौसेनाका उपप्रमुख मारिएका छन्।

बिहीबार कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभ मारिएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

पूर्वी प्राइमोर्स्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोलेले गुदकोभ मारिएको पुष्टि गरेका छन्।

ुउहाँले आफ्नो कर्तव्य निर्वाहकै क्रममा अन्य सैनिसँगै वीरगति प्राप्त गर्नुभयो, ओलेगको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

रूसी रक्षा मन्त्रालयलले पनि गुदकोभको मृत्यु भएको पुष्टि गरेको छ। कुर्स्क क्षेत्रमै उनी मारिएको पुष्टि गरे पनि मन्त्रालयले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।

युक्रेनी पक्षले पनि गुदकोभ मारिएको विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

गुदकोभको मृत्यु रूसका लागि ठूलो क्षति हो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गुदकोभलाई राष्ट्रपति भ्लादिमिर पुटिनले यही वर्षको मार्चमा नौसेनाको तटीय र स्थल सेनाको उपप्रमुखका रूपमा नियुक्त गरेका थिए।

उनी यसअघि युक्रेनमा लडेको १५५ औं ब्रिगेडका कमान्डरसमेत थिए।

उनलाई नौसेनको तटीय र स्थल सेनाको उपप्रमुखको जिम्मेवारी दिदैँ गर्दा ुतपाईंको अनुभव अन्य युनिटमा पनि आवश्यक छ भन्ने सुझाव पाएकाले जिम्मेवारी बढाउने निर्णय गरिएको होु भनेका थिए।

तीन वर्षदेखि जारी रूस-युक्रेन युद्धमा उच्च पदस्थ सैन्य अधिकारी मारिएको दुर्लभ घटना हो।

कुर्स्क क्षेत्र रूसी सिमा नजिकैको रणनीतिक इलाका हो, जहाँ युक्रेनी सेना र रूसी सेनाबीच पछिल्ला महिनाहरूदेखि दोहोरो संघर्ष चलिरहेको छ।

सन् २०२४ को मध्यतिर युक्रेनी सेनाले कुर्स्कभित्र घुसपैठ गर्दै थुप्रै गाउँहरूमा कब्जा जमाएको थियो।

ती आक्रमणहरू अचानक र योजनाबद्ध भएका कारण रूसी सुरक्षा व्यवस्था अस्थिर बनेको थियो। सुद्जा, ट्योत्किनोजस्ता सीमावर्ती क्षेत्रमा युक्रेनी फौज केही समयसम्म टिक्न सफल भए पनि रूसी सेनाले पछि ती क्षेत्रमा व्यापक आक्रमण गर्दै धेरैजसो ठाउँ पुनः नियन्त्रणमा लिएको थियो।

गत मे महिनाको २० तारिखका दिन राष्ट्रपति पुटिनले कुर्स्क क्षेत्रको भ्रमण समेत गरेका थिए ।


प्रतिकृया दिनुहोस्