Skip

Hamro Sanchar

नेपालबारे रामकुमारीको टिप्पणी : काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १५ गते


काठमाडौं । नेकपा (एकीकृत समाजवादि)की नेतृ रामकुमारी झाँक्रीले अर्ली महाधिवेशनु गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन् ।

शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा झाँक्रीले माधव नेपालप्रति गम्भीर प्रश्न उठाउँदै संकटबाट भाग्न नहुने बताएकी हुन् ।

“पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने रु,” उनले भनिन्, “पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन ।”

उनले काँधमा मरेको सिनोु राखेर जान नसकिने टिप्पणीसमेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भनेकी छन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।”

उनले टीका लगाएर बनेको केन्द्रीय समितिबाट पार्टी नबन्ने बरु विघटन हुने बताइन् ।

झाँक्रीको अभिव्यक्तिप्रति एकीकृत समाजवादीका नेताहरूले आपत्ति जनाइरहेका छन् । पोलिटब्युरो सदस्य सुदेश पराजुलीले झाँक्रीले स्टन्ट गरेको आरोप लगाए ।

“लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा पारेर, कहिले सामाजिक दुनियालाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रतिकृया दिनुहोस्