Skip

Hamro Sanchar

‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २ गते


काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले डा.श्रेष्ठलाई फेला पारेको हो ।

उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।

बालाजुमा भेटिएका डा। श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।

फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।


प्रतिकृया दिनुहोस्