Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतकाे गुजरातमा विमान खस्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २९ गते


Advertisement

काठमाडौं । आज दिउँसो भारतस्थित गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ।

दुर्घटनाको सार्वजनिक तस्बिरमा डरलाग्दो धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र हो।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा २४२ यात्रु थिए। विमान टुक्राटुक्रा भएको छ। उद्धार जारी छ। तस्बिरमा विमानको एउटा पंखा भाँचिएर खसेको देखिन्छ।

अग्निनियन्त्रकहरूले पानी छर्केर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्