Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए प्रतिबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २२ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्।

प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

त्यस्तैअ अन्य ८ मुलुकलाई पनि आंशिक प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ।

ुहामी हाम्रो देशलाई नोक्सानी पुर्‍याउन चाहनेहरूलाई प्रवेश अनुमति दिँदैनौं,ु ट्रम्पले ट्रुथ सोसलमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।

प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा थप संशोधन हुन सक्ने पनि ट्रम्पले बताएका छन्। उनले प्रतिबन्ध लगाइएको देशहरूको सूचीमा अरू देशहरु पनि थपिन सक्ने बताएका हुन्।

यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्