Skip

Hamro Sanchar

आज पनि बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभा बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २१ गते


काठमाडौं । आज पनि बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

यसअघि मंगलबार पनि बैठक बस्दै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसिएको थियो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कनेक्सन रहेको दाबीसहित प्रतिपक्षी दलले उनको राजीनामा र यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदै आएका छन्।

१ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि दिउँसो सवा ३ बजेसम्मलाई सारिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि भोलिसम्मलाई सारिएको हो ।


प्रतिकृया दिनुहोस्