Skip

Hamro Sanchar

सुर्य थापाको सुझाव : नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १९ गते


काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखे । आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो ।

गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नुपर्ने बताए । बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी छन् ।


प्रतिकृया दिनुहोस्