Skip

Hamro Sanchar

जनकपुरमा सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १३ गते


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिवलाई जनकपुरबाट नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिनुको साथै सांसदले प्रयोग गर्दै आएको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । सिंह जसपा नेपालका सांसद हुन् ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले नक्कली उपभोक्ता समिति गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरेको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको हो ।


प्रतिकृया दिनुहोस्