
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछाने गोर्खा मिडिया प्रालिमा स्थापनाकालदेखि नै जोडिएको ठहर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो ठहर गरेको हो ।
रवि ०७७ पुस ३० मा गोर्खा मिडियाको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । त्यसअघिको कारोबारमा आफ्नो संलग्न नरहेको उनले दाबी गर्दै आएका थिए । तर, अदालतले गोर्खा मिडिया स्थापना भएको मिति २०७७–०५–१० देखि नै रविको संलग्नता देखिएको ठहर गरेको छ ।
“निवेदक प्रतिवादी रवि लामिछानेका हकमा विचार गर्दा गोर्खा मिडिया मिति २०७७र०५र१० मा स्थापना भएकोमा सोही दिन उक्त कम्पनी र यी प्रतिवादीका बीचमा भएको Memorandum of Association (MoA)मा निज प्रतिवादी टीभी कार्यक्रमको सञ्चालकका रुपमा संलग्न हुने भनिए तापनि सोही (MoA) बाट निजले उक्त कम्पनीको १५ प्रतिशत सेयर धारण गर्ने बेहोरा उल्लेख गरेको देखिँदा उक्त कम्पनीको व्यवस्थापनमा स्थापना कालदेखि नै यी प्रतिवादीको संलग्नता भएको देखिन आयो,” सर्वोच्चको शुक्रबारको फैसलामा भनिएको छ ।

















