Skip

Hamro Sanchar

भीम रावललाई प्रचण्डको प्रस्ताव : आउनुस्, सहकार्य गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ३ गते


अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मातृभूमि जागरण अभियानका संयोजक डा। भीम रावललाई सहकार्यको प्रस्ताव राखेका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर प्रचण्डले रावलसँग फोन संवाद भएको पनि बताए ।

अछाम नेता रावलको गृहजिल्ला हो । त्यहाँ पुगेर प्रचण्डले भने, ‘म यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं कोकोसँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’

उनले भीम रावलसहित इमानदार कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने बताए ।

प्रचण्डले भने, ‘मैले यहाँबाट पनि भीम रावलसहित देशभक्त इमानदार कम्युनिष्टहरुलाई सहकार्य गर्न अपिल गर्न चाहन्छु, अन्त भौतारिरहनु जरुरी छैन । केही फाइदा हुनेवाला छैन । भीमजीप्रति मैले संवादसहित यो अपिल गर्न चाहन्छु ।


प्रतिकृया दिनुहोस्