Skip

Hamro Sanchar

प्रचण्ड लक्षित ओलीको टिप्पणी : ऐनामा आफ्नो अनुहार देख्ने अनि अरुलाई गाली गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २८ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेताले टिप्पणी भन्दा पनि गालीगलोज गरेको बताएका छन्।

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आफूले त्यसबारे धेरै टिप्पणी गर्न नचाहेको समेत बताए।

‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र अरु केही विपक्षीका मान्यजीहरुले अलि टिप्पणीभन्दा पनि गालीगलोजको भाषा बोल्नु भएको थियो,’ ओलीले भने,‘म त्यतापट्टी जान चाहिनँ, गइनँ।’

उनले प्रचण्डतिर लक्षित गर्दै आफै ऐना हेरेर, आफ्नो अनुहार देखेर आफैलाई गाली गरेको समेत टिप्पणी गरे। ‘ऐना अगाडि राख्ने, ऐनामा हेर्ने। अनि यस्तो रहिछ्, उस्तो रहिछस् भनेर अरुलाई गाली गर्ने,’ ओलीले भने, ‘मैले त्यसमा केही भनिरहनु आवश्यक छ जस्तो लाग्दैन। आफै ऐना हेर्ने, आफ्नो अनुहार देख्ने अनि अरुलाई गाली गर्ने। त्यसो नगरेहुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो ।


प्रतिकृया दिनुहोस्