Skip

Hamro Sanchar

अब पहिले जस्तो १० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २५ गते


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । आक ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

उनले आफू मन्त्री बनेको १० महिना भएको उल्लेख गरे । १० महिनाको समय धेरै नरहेको उनले बताए ।

उनले विगतमा १० महिनामा सरकार परिवर्तन भएका स्मरण गरे । वर्तमान सरकार १० महिनामै नफेरिने उनले बताए । यस्ता १० महिना तीनरचार अरू पनि कट्ने उनको भनाइ थियो।

“म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि, १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन कि पहिलापहिला १०र१० महिनामा सरकार फेरिन्थ्यो,” उनले भने, “त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकालजस्तो लाग्थ्यो । यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीनरचारवटा अरू व्यहोर्छौं । त्यसो भएको हुनाले १० महिना धेरै भएन ।”

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका विषयमा कानुनलाई पूर्णता दिइएको बताए । नौ महिनायताको समयमा आफूहरूले कानुनलाई पूर्णता दिएको उनले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्