Skip

Hamro Sanchar

गभर्नर नियुक्ति ढिला राष्ट्र बैंककाे समस्याले हो, ओलीजीका कारण हाेइन : देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २३ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् । राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे ।

‘गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो,’ देउवाले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पारे ।

‘ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने ।

दुई सत्तारुढ दलबीच आपसमा कुरा मिल्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको चर्चा हुँदै आएको थियो ।

पछिल्लो पटक देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्