
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा बसेका युवाको फोटो खिच्न पुगेका पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की प्रहरीबाट आएको पत्रकारहरूले बताएका छन् ।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब युवाहरू ३ दिनदेखि धर्नामा बसेका छन् ।

















