Skip

Hamro Sanchar

एमालेसँगको सहमतिमै नीति कार्यक्रम आएको हो : कांग्रेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २२ गते


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको प्रष्टीकरण दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेससमेतको सहभागितामा नीति तथा कार्यक्रम आएको बताए ।

उहाले नीति तथा कार्यक्रमलाई लागू गर्न पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको स्वीकारे । सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको उनको भनाइ छ ।

उहाले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आउनुपर्नेमा जोड दिनुभयो ।


प्रतिकृया दिनुहोस्