
काठामडौं । भारतीय विदेश मन्त्रालयले भारतको उडिसास्थित किट युनिभर्सिटीमा नेपाली छात्रा प्रिशाको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ ।
एक प्रेस नोट जारी गर्दै मन्त्रालयले मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।
विदेश मन्त्रालयले यो विषयमा ओडिसा राज्य सरकारसँग निरन्तर संवाद गरिरहेको प्रेस नोटमा उल्लेख छ ।
‘ओडिसा राज्य सरकारले मृतकका परिवारलाई पूरा सहयोग गरिरहेका छन् र घटनाका विषयमा ओडिसा प्रहरीले व्यापक छानबिन गरिरहेको छ,’ प्रेस नोटमा भनिएको छ ।
भारतको सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सुरक्षा र व्यवस्थापनलाई गम्भीरतापूर्वक लिने मनत्रालयको भनाइ छ ।
मन्त्रालय भन्छ, ‘हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकारका साथै केआईआईटी व्यवस्थापनसँग यो विषयलाई लिएर निरन्तर सम्पर्क र समन्वय गरिरहेका छन् ।

















