
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्।
राष्ट्रपति पौडेललाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका छन्।
संघीय संसदको दुवै संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
राष्ट्रपति पौडेलले सरकारको तर्फबाट पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेका हुन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १६औं अद्यावधिक योजनाको दोस्रो कार्यक्रम हो।

















