Skip

Hamro Sanchar

प्रिशाको मृत्यु प्रकरणमा छानबिन गर्न कूटनीतिक पहल सुरु भइसक्यो : परराष्ट्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १९ गते


काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको मृत्यु प्रकरणमा घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनालगत्तै हिजो ९बिहीबार० नै भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।

घटनाले आफूलाई मर्माहित बनाएको उनले बताएकी छन् ।

बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे मृतकका परिवार र राजदूतावासलाई प्रहरीले जानकारी गराइसकेको छ ।


प्रतिकृया दिनुहोस्